देशको अवस्था देख्दा दुःख लाग्छ : पूर्वराजा शाह

देश परनिर्भर बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त

हिमालय टाइम्स
Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले सबै मिलेर देशको अवस्था सुधार गर्न आह्वान गर्नु भएको छ ।

बुधबार नेपालगञ्जमा सम्बोधन गर्दै उहाँले राष्ट्रको पुरानो गौरव फर्काउन उठ्नका लागि सबैसँग आह्वान गर्नु भयो । उहाँका अनुसार देशको वर्तमान अवस्था देख्दा दुःख लाग्छ । यस्तै शाहले देश परनिर्भर बन्दै गइरहेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

अब आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । नागरिक अभिनन्दन गर्न आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपालगञ्जजस्तो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्वको स्थानमा आएर बोल्न पाउँदा खुसी लागेको पनि अनुभव सुनाउनुभयो ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग परिवन्दले हामीबाट केही समय गुमेपनि कालान्तरमा त्यो हामीभित्रै समाहित भएको स्मरण पनि पूर्वराजा शाहले गर्नुभयो ।

उहाँले भन्नुभयो,‘चौसठ्ठीबर्ष अघि यही भूमिमा उभिएर राजा महेन्द्रले सम्बोधन गर्नु भएको थियो । उहाँले नेपालको तत्कालीन राज्यविधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन गरेको सम्झन्छु ।’लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश हुँदा आफूलाई दुःख लागेको बताउनुभयो ।

उहाँले आफ्नो नारा जहिले पनि देश बनाउँ- देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ भन्ने रहेको पनि बताउनुभयो । पूर्वराज परिवार अहिले पश्चिम यात्रामा निस्किएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?