पुटिनका आलोचकलाई २५ वर्षको जेल सजाय

हिमालय टाइम्स
Read Time = 1 min

मस्को। रुसी विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको कारण जेलमा परेका उनी रुसी–बेलायती पूर्व पत्रकार हुन् ।

उनले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन् ।

गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो । मलाई एक शब्द पनि पश्चाताप छैन । मलाई गर्व छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?