जगदम्बाको ‘फेब्रिकेटर्स रिवार्ड योजना’

Read Time = 2 mins

काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडसँगको साझेदारीमा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले २८औँ वार्षिक साधारणसभा र ९औँ राष्ट्रिय सम्मेलन तथा २९औँ स्थापना दिवस मनाएको छ । बिहीबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्नुभएको कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवाल र जगदम्बा स्टिल्सका महाप्रबन्धक मनोज तिवारीले नेपालमा स्टिल उद्योगको महत्व र प्रवद्र्धनमा महासंघको भूमिकाबारे चर्चा गर्नुभएको थियो । सो अवसरमा जगदम्बा स्टिल्सले ग्याल्भालुम रंगीन जस्तापाता, जगदम्बा सुपरसाइन र जगदम्बा गाल्भा प्लसका लागि आफ्नो नयाँ अभियान‘फेब्रिकेटर्स रिवार्ड योजना’ उपराष्ट्रपति यादवमार्फत् सार्वजनिक गरेको थियो ।

उक्त अभियानमार्फत् जगदम्बा स्टिल्सले आफ्नो ग्याल्भालुम रंगीन जस्तापातालाई आफ्ना परियोजनाहरूमा प्रयोग गर्ने, महासंघका सदस्य फेब्रिकेटरहरूलाई रिवार्ड प्रदान गर्दै दुर्घटना बीमाका माध्यमबाट उनीहरूको विकासमा सहयोग र सुरक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । कम्पनीका अनुसार फेब्रिकेटर्स रिवार्ड योजना फेब्रिकेटर्सहरूलाई प्रोत्साहन गर्न र लाभ प्रदान गर्न तयार गरिएको योजना हो ।

योजनाअन्तर्गत जगदम्बा सुपरसाइन वा जगदम्बा गाल्भा प्लस प्रतिवर्ष पाँचदेखि १० टन किन्नेले फेब्रिकेटर्स प्रतिकेजी एक रुपैयाँ र प्रतिवर्ष १० टनभन्दा बढी किन्नेले प्रतिकेजी एक रुपैयाँ ५० पैसा प्राप्त गर्नेछन् । जसमा पाँच लाख बराबरको एक वर्षको दुर्घटना बीमा पनि समावेश हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?