मंगलबारदेखि युनियन, गुराँस र प्राइमको एकीकृत कारोबार

Read Time = 2 mins

काठमाडौं । जीवन बीमा कम्पनीहरू युनियन, गुराँस र प्राइम लाइफले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जर प्रक्रियामा रहेका तीन कम्पनीले ‘हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफले वैशाख २९ गते मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब आठ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड चुक्ता पुँजी रहेको छ भने कम्पनीहरू एक बराबर एक अनुपातमा मर्जर हुन लागेका हुन् । एकीकृत कारोबारपछि कम्पनीको चुक्ता पुँजी सात अर्ब ५३ करोडभन्दा बढी हुनेछ भने कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल र हालका युनियनका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण रहनुहुनेछ ।

नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते तीनवटै कम्पनीलाई एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट वैशाख २० गते मर्जरमा जाने अन्तिम स्वीकृत पाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?