महासंघ अध्यक्ष ढकाललाई जन्मगाउँमा सम्मान

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल जन्मभूमिमा सम्मानित हुनुभएको छ । बागलुङ नगरपालिका १२ अमलाचौरमा शनिबार उहाँको सो वडासहित जन्म गाउँतर्फबाट स्थानीयले भव्यरूपमा स्वागत तथा सम्मान प्रदान गरेका हुन् ।

वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा पहिलोपटक जन्मगाउँ पुग्नुभएका ढकाललाई स्थानीयले बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए । उहाँलाई गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठक, वडा १२ का वडाध्यक्ष कोपिलामणि शर्मा, पूर्वअध्यक्ष गुरुदत्त पाठकलगायतका विभिन्न राजनीतिक दलका स्थानीय नेताले सम्मान गरेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

आफू विश्वको जुनसुकै कुनामा पुगे पनि सदैव अमलाचौरकै माटोको माया लाग्ने भन्दै ढकालले माटोका लागि आफूले आफ्नो जीवनमा सकेको कर्म गर्ने प्रण गर्नुभएको छ ।

बागलुङको अमलाचौरमा जन्मिनुभएका ढकालले सोही स्थानको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा प्रारम्भिक अध्ययन गर्नुभएको थियो । ढकालले उक्त विद्यालयमा छ करोड रुपैयाँभन्दा बढी निजी खर्चमा विद्यालय भवनलगायतका संरचना निर्माण गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा ढकालले आफूलाई नेपाल उद्योग वाणिज्य महासंघजस्तो देशका समग्र उद्योगी व्यवसायीको छाता संस्थाको अध्यक्ष बन्ने प्रेरणा दिने आफ्नो जन्मस्थलको माटोको भार कहिल्यै नबिर्सने बताउनुभयो । आफू विश्वको जुनसुकै कुनामा पुगे पनि सदैव अमलाचौरकै माटोको माया लाग्ने भन्दै उहाँले माटोका लागि आफूले आफ्नो जीवनमा सकेको कर्म गर्ने प्रण गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले ढकाल अमलाचौरको मात्र नभएर देशकै एक राष्ट्रिय एवं सफल व्यक्तित्व भन्दै ढकालजस्ता व्यक्तित्वलाई आफ्नो जन्मस्थलमा पाउनु हामी अमलाचौरवासीकै अहोभाग्य भएको बताउनुभयो । जन्मभूमि सम्झिएर स्थानीय विकासका कार्य गर्न पनि उहाँले ढकाललाई आग्रह गर्नुभयो ।

बागलुङ नगरपालिका १२ का वडाध्यक्ष शर्मा र पूर्वअध्यक्ष गुरुदत्त पाठकले अमलाचौरको पहिचानलाई देश तथा विदेशमा चिनाउन महत्वपूर्ण योगदान गरेकामा अध्यक्ष ढकाललाई विशेष धन्यवाद दिनुभएको थियो । सो अवसरमा ढकालले पृथ्यी हिरण्य माध्यमिक विद्यालय परिसरमा राखिएको ढकालका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?