संवैधानिक परिषद्को बैठक सुरु

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

प्रधानन्यायधीस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि आज संबैधानिक परिषदको बैठक बस्न लागेको हो ।

बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी हुनुहुन्छ ।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद सबन्धी (संसोधन) बिद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । संबैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुदाँ थप गरेर बिद्येयक ल्याईए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसुचीमा समावेश गरिसकेको सो बिद्येयक अन्तिममा फिर्ता लिर्ईएको थियो । एमालेले संसदीय सुनवाईको पुर्णता पछि मात्रै सो बिद्येयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?