फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ : प्रचण्ड

Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्ने बताउनु भएको छ।

पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किनुभएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट सिक्नुपर्ने बताउनु भयो । आफ्नो भ्रमणबाट जापानमा रहेका नेपालीहरू धेरै नै खुसी भएको समेत उहाँले बताउनु भयो ।

यसका साथै प्रण्डले फोहोर व्यवस्थापनकै लागि जापानसँग सहयोग मागेको बताउनु भयो । 'विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्‍यौं । जापान फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ । कतै फोहोर नै नदेखिने बनाएका रहेछन्,' उहाँले भन्नुभयो ।

जापानको हाइड्रो, कृषि र भौतिक संरचना आवश्यकता भएको विषयमा छलफल भएको प्रचण्डले बताउनु भयाे। उहाँले नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताउनु भयो ।

प्रचण्ड पाँच दिन अघि जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको समुद्घाटन कार्यक्रमका लागि जापान जानुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?