प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषद् बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिनुभयो ।

कार्की हाल कामु प्रधानन्यायाधीश हुनुहुन्छ । कार्कीको अबको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नुहुने छ । चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश हुनुभएको थियो । उहाँ उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा हुनुहुन्थ्यो ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?