दोस्रो ढाँडा हुलाक कप भलिबल प्रतियोगितामा मोहोरिया प्रथम

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । दोस्रो ढाँडा हुलाक क्लबद्वारा आयोजित अन्तरक्लब स्तरीय भलिबल प्रतियोगिता स्याङ्जाको पुतलीबजार नगरपालिका-५ बिम्दी ढाँडा हुलाकमा शनिबार सम्पन्न भएको छ । वैशाख १९ गतेदेखि सञ्चालित भलिबल प्रतियोगिता शनिबार समापन भएको हो ।

पुतलीबजार नगरपालिका प्रमुखले वैशाख १९ मा उक्त अन्तरक्लब स्तरीय भलिबल तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घााटन समारोहमा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले खेलकूदको विकासका लागि नगरपालिकाको तर्फबाट सकारात्मक सहयोग गर्न आफू तयार रहेको बताउँदै खेलाडीहरुको सुरक्षा र संरक्षणको सवाल महत्वपूर्ण रहेको बताउनुभयो ।

चार दिनसम्म सञ्चालित उक्त कार्यक्रममा भलिबल प्रतियोगिताका अतिरिक्त स्थानीय क्लबद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको आयोजक क्लबकी सल्लाहकार तथा वडा सदस्य बालकुमारी आलेले बताउनुभयो ।

फाइनल खेलमा पुतलीबजार नगरपालिका-७ मोहोरियाले आयोजक टिम ढाँडे हुलाकलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । दोस्रो स्थानमा आयोजक ढाँडे हुलाक क्लब र तेस्रो स्थान वालिङले प्राप्त गरेको छ । उक्त प्रतियोगितामा प्रथम मोहरिया क्लबलाई रु ५० हजार नगद, ट्रफी र मेडल दोस्रो हुने ढाँड हुलाक क्लबलाई रु ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने वालिङ क्लबलाई रु १५ हजार नगद, मेडल र ट्रफी प्रमुख अतिथि कुमार रानाले हस्तान्तरण गर्नुभएको छ ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले खेलाडीको जीविकोपार्जनको विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने भन्दै विजेता खेलाडीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?