बराबरीमा रोकिए सिटी र मड्रिड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटी र रियल मड्रिड बराबरीमा रोकिएका छन् ।

स्पेनको मड्रिडस्थित सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली मड्रिड इङ्ग्लिस क्लब सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ३६ औँ मिनेटमा रियलका तर्फबाचट भिनिसियस जुनियरले गोल गरे । खेलको ६७ औँ मिनेटमा सिटीका तर्फबाट केभिन डी ब्रुइनाले गोल गरे ।

सेमिफाइनलको दोस्रो लिगमा अर्को हप्ताको बुधवार राति यी दुई टोलीले सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा आमनेसामने हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?