दुर्घटनामा परेर एक मजदुरको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । सिरहास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ । कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेका बेला बेल्डले लागेर भारतको मध्येप्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो ।

मेसिन मर्मत गर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर चुडिएर घाइते तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धन भईरहेको जनाएको छ ।

घाइते तिवारीलाई उद्धारमा ढिलाई भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले आरोप लगाएको छ । युनियनका प्रतिनिधिहरुले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन् ।

उद्योगका कार्यरत मजदुरहरुको उचित सुरक्षा व्यवस्था नहुँदा सानो दुर्घटनामा पनि मृत्युहुने गरेको उनीहरुको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?