कृषि मन्त्रालयले आवश्यक काम गर्न सकेन, विघटन गरौँः रमेशजंग रायमाझी

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कृषि मन्त्रालय विघटन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ८५ प्रतिशत तरकारी बाहिरबाट आयात गर्नुपर्ने र खाद्यान्न पनि ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने स्थिति राखिराख्ने हो भने कृषि मन्त्रालयको आवश्यक्ता नरहेको जिकिर गर्नुभयो । उहाँले आवश्यक कामको पूर्ति गर्न नसक्ने हो भने मन्त्रालय बनाइरहनुको कुनै औचित्य नरहने बताउनु भयो । उहाँले कृषि मन्त्रालय सबैभन्दा धेरै मन्त्रीहरु परिवर्तन भइरहने मन्त्रालय रहेको उल्लेख गर्नुभयो । उहाँले किसानलाई बालीनालीका लागि असारमा चाहिने मल बाली पाक्ने बेलामा ल्याउनुको औचित्य मन्त्रालयले पुष्टि गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषि मन्त्रालयको विघटन गर्नुपर्ने जस्तो देखेँ मैले, तरकारी पनि ८५ बाहिरबाट ल्याउनुपर्ने, खाद्यान्न पनि बाहिरबाट ल्याउने हो भने यो मन्त्रालयको के काम छ ? जे को लागि यो मन्त्रालय हामीलाई चाहिने हो, त्यो नहुने भएपछि के को लागि यो मन्त्रालय बनाइराख्ने ? यो मन्त्रालय सबैभन्दा धेरै मन्त्री परिवर्तन हुने मन्त्रालय पनि भएको छ । नयाँ सरकार बनेपछि पनि ४/५ जना मन्त्री बनिसके । हामीलाई ६ लाख मेट्रिक्टन मल चाहिन्छ, तर हामी ४ लाख मेट्रिक्टन मगाइराखेका छौँ । त्यसमा पनि सबै आएको छैन, हामी पाक्ने बेलामा ल्याउँछौँ, साउन भदौमा ल्याउनुपर्ने हो । के महत्व भयो ।’

सदस्य रायमाझीले नेपाललाई ६ लाख मेट्रिक्टन मल आवश्यक रहेपनि ४ लाख भन्दा आउन नसकेको गुनासो गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?