एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेमात्र आपसी सम्बन्ध सुदृढ र विश्वाशिलो हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताउनु भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने औंल्याउनु भएको हो ।

शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक 'Nepal India Fronlier Diplomacy In Reference TO Kali River: Perspectives Of International Law' को बिमोचन कार्यक्रममा बोल्दै उहाँले दुई देशबीचको सदिआंैदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धि सबै समस्याहरु हल गरेर अघि बढनैपर्ने तर्क गर्नु भयो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्शामा समाविष्ट गरेर संविधानको अंग बनाएसँगै मलुुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यसलाई कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘दुई देशबीचको सिमाको सबैले सम्मान गर्नु पर्दछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन । हाम्रो देशको नक्शामा संसदले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समाविष्ट गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको छ । भौगोलिक अखण्डता र देश प्रेमप्रतिको अटल विश्वास प्रदर्शित भईरहेको छ । नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई हामीले फेरी एक पटक महत्वका साथ स्मरण गर्नु पर्दछ । हामीलाई थाहा छ–मुलुकहरु बीचको भौगोलिक सिमाना कतिपय अवस्थामा दुई पक्षीय कूटनीतिको विषय बन्ने गर्दछ । हामीले आज चर्चा गरिरहेको नेपाली भूगोल हामीसँगै सभ्यताले जोडिएको मित्र राष्ट्र भारतसँग समेत विभिन्न कारणले सम्बन्धित हुन पुग्यो । त्यसकारण दुई देशबीचको भौगोलिक सिमानालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नु पर्दछ । यस्तो कार्यका हाम्रा दुईदेशबीच सदिऔंदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन महत्वपूर्ण योगदान पु¥याउने मैले विश्वास लिएको छु । पानी जीवनको अस्तित्वको आधार हो ।’

पूर्वराष्ट्रपति भण्डारीले एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढदामात्रै आपसी सम्बन्धलाई अझ सदृढ र विश्वाशिलो बनाउँदै लैजान सकिने पनि स्मरण गराउनु भयो। उहाँले नदी प्रणालीको संरक्षण र सम्वद्र्धन गरी अघि बढन सके नेपालले आर्थिक रुपमा ठूलो प्रगति गर्ने समेत बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?