‘नागरिक दैनिक’को आजबाट आइपीओ बिक्री खुला

Read Time = 3 mins

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आज आइतबार वैशाख ३१ गतेदेखि आईपिओ बिक्री खुला गरेको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस कम्पनीले उक्त आईपिओ निष्काशन गरेको हो । लगानीकर्ताले यस आईपिओमा जेठ १४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपिओ जारी गर्दैछ ।

यो नागरिक दैनिकको मुल संस्था हो । योसँगै नेपालमा पहिलो पटक मिडिया हाउसले आइपियो बिक्रीमा ल्याएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ । यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा सर्वसाधारणले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने असार ८ गतेसम्म आइपीओ खुला रहनेछ ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपिओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये कर्मचारीहरुका लागि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर छुट्याइएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?