उमा कुङ्फुका पदक विजेता सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतको पञ्जाबमा भएको प्रथम इण्डो-नेपाल अन्तर्राष्ट्रिय मार्सल आर्ट प्रतियोगितामा पदक जित्न सफल तारकेश्वर उमा कुङ्फुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ ।

काभ्रेस्थलीको ग्रिन हिल्स एकेडेमीमा भएको दोस्रो तारकेश्वर मेयर कप तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।

सम्मानित हुने खेलाडीमा स्वर्ण/रजत विजेता साइना महर्जन, सिम्रिका कुँवर, दर्शना तामाङ र आर्यन रावल, रजतधारी प्रशंसा तामाङ तथा कांस्य विजेता राजन तामाङ रहेका छन् । नोभेम्बर ५ र ६ तारिखमा भएको प्रतियोगितामा प्रशिक्षकको जिम्मेवारी निभाउनुभएका तारकेश्वर उमा कुङ्फुका प्रमुख प्रशिक्षक रमेश महर्जन पनि नगदसहित सम्मानित हुनुभयो ।

उनीहरूलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिका वडा २ का अध्यक्ष राधाकृष्ण खड्गी, काभ्रेस्थली खेलकुद उपभोक्ता समितिका अध्यक्ष प्रवीण खड्गी र तारकेश्वर नगर तेक्वान्दो कार्यसमितिका अध्यक्ष विक्रम खड्गीले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्रसहित सम्मान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?