कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कपिलवस्तु । कपिलबस्तुको वाणगंगा नगरपालिका-२ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल चालक वाणगंगा नगरपालिका-२ बस्ने २५ बर्षिय रमेश बिक र मोटरसाइकलमा पछाडी सवार २७ बर्षिय गोपाल बिक रहेका छन् ।

आज बिहान ९ बजे लखनचोक सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाइते भएका थिए ।

घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा बिहान सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?