थप सात देशसँग श्रम सम्झौता हुँदै

Read Time = 3 mins

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ । नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकसँगै थप ७१ सहित कुल एक सय ७९ देशमा रोजगारीका लागि पठाउने योजना रहेको जानकारी दिएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै श्रम मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको जनाएको हो । दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताउनुभएको छ । म्यानपावर व्यवसायीले कामदारको कोटा ल्याएमा श्रम स्वीकृति जारी गरिने उहाँको भनाइ थियो । इराकमा पुनर्निर्माणको काम भइरहेको र त्यहाँबाट श्रमिकको माग पनि उच्च रहेको मन्त्री भण्डारीले बताउनुभयो । सरकारले वैदेशिक रोजगारी खुला गरेमा यीसहित ७१ मुलुक एकैपटक नेपालबाट वैदेशिक रोजगारीमा जान पाइने देशका रूपमा सूचीकृत हुनेछन् ।

हाल सरकारले वैदेशिक रोजगारीका लागि एक सय ११ देश खुला भए पनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखेको छ । नेपालले कतार, दक्षिण कोरिया, मलेसिया, युएई, जापान, मोरिसस र इजरायलसँग श्रम सम्झौता गरेको छ । जर्मनी, पोर्चुगल, रोमानिया, कुवेत, जर्मनी, साउदी अरब र ओमानसँगै सात देशसँग श्रम सम्झौताको तयारी रहेको श्रम मन्त्रालयले जनाएको छ । यी देशसँग ड्राफ्ट आदानप्रदान भइसकेको श्रम मन्त्रालयका सचिव एकनारायाण अर्यालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?