सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनप्रतिनिधि भए पनि मुद्दामामिलादेखि विकास निर्माणका साथै जनताको आपत्विपद्मा सँगै हुनुपर्ने भन्दै जनताका सबै समस्यामा सहयोगी भएर आफूले काम गर्ने बताउनुभएको छ । चुनावको बेलामा राजनीति गर्ने अन्य समय विकास निर्माण र सामाजिक काममा सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं–४ थाङपालकोटमा आयोजित नागीटासी छ्योलिङ गुम्बाको शिलान्यास कार्यक्रममा मन्तव्य राख्नु हुँदै मन्त्री बस्नेतले, ‘६ महिना सञ्चारमन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएको र हाल स्वास्थ्य मन्त्री छु, ३९ वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुँदैछन्, अर्को वर्ष सबै निर्माण सम्पन्न हुनेछन् ।’ विगतमा जितेका जनप्रतिनिधिहरूको ध्यान २०७२ को भूकम्पले नष्ट गरेका गुम्बा र मठमन्दिर निर्माण गर्नेतिर नभएकाले पुनःनिर्माण हुन नसकेको बताउनुभयो ।
यसैक्रममा पाँचपोखरी प्राथमिक अस्पतालको अवलोकन गर्नु हुँदै मन्त्री बस्नेतले अस्पतालको व्यवस्थापनका लागि आवश्यक सबै खालका काम गर्न आफू तयार रहेको भन्दै समस्या समाधानका लागि प्रक्रिया पुर्याएर मन्त्रालयमा माग गर्न आग्रह गर्नुभयो ।
बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले भूकम्पले क्षति पुर्याएको तीन सय वर्ष पुरानो गुम्बा पुनःनिर्माणका लागि निर्वाचनको बेला गरेको प्रतिबद्धता अनुसार शिलान्यास भएको र बाचाअनुरूप काम गरिरहेको बताउनुभयो । गुम्बा विकास समितिका केन्द्रीय सदस्य शिशिर वाइवाले गुम्बा निर्माण सम्पन्न गर्न सबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुुभयो ।
नरदेवी आयुर्वेद अस्पताल विकास समितिका सदस्य लेखनाथ लामाले मत माग्ने बेलामा जातीय कुरा गरेर विकास निर्माणका समयमा हराउनेहरूका पछि लाग्ने काम बन्द हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँपालिकाका सभापति प्रेम दोङ, नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दिलबहादुर वाइवा, समाजसेवी शंकरलामालगयतले मन्तव्य राख्नुभएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच