बालकृष्ण खाँणको आज बयान लिइँदै (भिडियो)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको आज बयान लिइने भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका उहाँको आज बयान लिइन लागिएको हो ।

वैशाख २७ गते नै पक्राउ पर्नुभएका खाँणको बयान हुन सकेको थिएन । घटनाका सम्बन्धमा प्रहरीले सोधपुछ गरे पनि उहाँको बयान भने ‘रेकर्ड’ गरिएको थिएन ।

सरकारी वकिल समेतको उपस्थितमा प्रहरीले सोमबार खाँणको बयान लिन लागेको बताइएको छ । सम्भव भएसम्म खाँणको बयान सोमबार नै सक्ने प्रहरीको तयारी छ ।

यस्तै आजै साँझ बुढानीलकण्ठको पासिकोट भन्ने स्थानबाट पक्राउ पर्नुभएका टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराउने तयारी छ ।

https://youtu.be/3T0qMPf2S9o

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?