चार खेल अगाबै बार्सिलोना ला लिगा च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।

स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो ।

आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए भने २०औं मिनेटमा एलेक्स बाल्डेले गोल गर्दै २–० को अग्रता दिलाउन सफल भए ।

उता, ४०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा नै ३–० को सानदार अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरुवाती ५३औं मिनेटमा जुल्स कुन्डेले थप गोल गरेपछि बार्सिलोना खेलमा ४–० को थप अग्रता जुटाउन सफल भयो । तर, यो अग्रता लामो समयसम्म स्थिर भने रहन सकेन ।

७३औं मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा फर्काए । त्यसमाथी इन्ज्युरी समयमा जोसेलुले गोल गर्दै खेललाई ४–२ को ल्र्यादिए । त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन नसके पछि खेल ४–२ मा टुंग्याउँदै बार्सिलोनाले जीत हासिल गर्यो ।

यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जुटाएको छ भने पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औं स्थानमा सिमित रहेको छ ।

बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ, अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकाले पनि नतिजा भने बार्सिलोनाको पक्षमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?