गुरुद्वारामा रक्सी पिएको भन्दै महिलाको गोली हानी हत्या

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली । पटियालाको गुरुद्वारामा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या गरिएको छ ।

पटियालाका वरिष्ठ प्रहरी उपरीक्षक वरुण शर्माका अनुसार घटना आइतबार साँझ भएको हो । पुलिसले भने कि परमिंदर कौर नामकी एक महिलाले दुख निवारन साहिब गुरुद्वाराको पोखरी नजिक रक्सी सेवन गरेको थिइन । अर्बन इस्टेट फेज वन निवासी ३२ वर्षीया महिलालाई निर्मलजीत सिंह नामका व्यक्तिले गोली हानेर मारेका हुन । सिंह नियमित गुरुद्वारा जाने गर्थे ।

‘परमिंदर कौरले गुरुद्वार दुखनिवारन साहिबको सरोवर नजिक रक्सी पिएकी थिइन् । यो कुरा संगतले थाहा पाएपछि प्रबन्धकको कार्यालयमा लैजाने निधो गरे । तर, त्यहाँ उपस्थित निर्मलजीत सिंह सैनी नामका व्यक्तिले आक्रोशित भई ती महिलालाई गोली हानेका थिए’ प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘सैनीले आफ्नो ३२ बोरको लाइसेन्स प्राप्त रिभल्भरबाट महिलामाथि पाँच राउण्ड गोली हानेका थिए।’  गोलीवाट घाइते कौरलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सो घटनामा घाइते भएका एकजनालाई अस्पतालमा भर्ना गरिएको छ ।  उनको अवस्था स्थिर रहेको बताइएको छ । सो घटनाको अभियुक्तलाई प्रहरीले पक्राउ गरेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?