अनेरास्ववियु अध्यक्षमा समिक बडाल निर्वाचित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । २३औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट बडाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँ निवर्तमान महासचिव पनि हो । यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाय निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा संगम अर्याल विजयी हुनुभएको छ ।

सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, दीपेश प्रसाईँ, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई र विनिता काफ्ले विजयी हुनुभएको छ ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा एक हजार ५१७ मत खसे पनि विजयीहरूको मतविवरण सार्वजनिक गरिएको छैन।

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिनुभएको थियो । यस्तै महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यको उम्मेदवारी रहेको थियो । त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?