काठमाडौं । अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरि आज छठी माताको पूजा आराधना गरिएको छ।
चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने गरिन्छ ।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ ।
आज राष्ट्रपति भण्डारीले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच