भारतसँग नेपाल २३ रनले पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी-२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा भारतसँग नेपाल पराजित भएको छ ।

चीनको हाङजाउमा मंगलबार बिहान भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुनु परेको हो ।

भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९-२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित भएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका छन् ।

यो हारसँग नेपाल क्ववाटर फाइनल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?