कालीकोट सदरमुकाम मान्मको फेरिँदै स्वरुप, जिरोप्वाइन्टबाट नियाल्दा मनै लोभ्याउने

तस्बिर : २०३२ सालमा कालीकोट जिल्ला नामाकरणपछि २०७९ सम्म आइपुग्दा ४७ बर्षपछि फेरिएको कालीकोट सदरमुकाम मान्म 

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 7 mins

कालीकोट । अक्लो डाँडामा स–साना घर हेर्दा पनि नपत्याउने खालको थियो कालीकोट सदरमुकाम मान्म ! संघीयता अगाडीको नेपालको कान्छो जिल्लाका रुपमा परिचित कालीकोट ! यही जिल्लाको नाममा बनेको सदरमुकाम मान्म बजार कुनै गाउँको सानो बस्ती भनेपनि फरक पर्दैन थियो ।

विक्रम संम्वत् २०१८ साल अघि अहिलेको कालीकोट जिल्ला राणा कालीन बैधानिक कानुन २००४ अनुसार ३२ जिल्ला अन्तर्गतको जुम्ला जिल्लामा पर्दथ्यो । विक्रम संम्वत् २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लमामा विभाजन गरिएपछि कर्णाली अञ्चलका ५ जिल्ला मध्ये तिब्रिकोटको रुपमा यस जिल्लाको नाम रहन गयो ! यस जिल्लालाई कालीकोट भनि २०३२ साल मंसिर २६ गते नामाकरण गरिएको हो । कालीकोट नामाकरण नहुँनु पहिले यसलाई तिब्रिकोट भनिन्थ्यो । त्यसैले यसलाई “नेपालको कान्छो” जिल्ला भनिन्छ ।

जुम्ला जिल्लाबाट अलग गरेर ल्याएको कालीकोट जिल्ला तत्कालीन मान्म गाउँ बिकास समितिको पञ्देवल गाउँमा स्थापना भयो स्थापनाको ८ वर्ष पछि २०४० सालमा कालीकोट सदरमुकामलाई मान्म डाँडा खाँडाचक्रमा सारिएको थियो । स–साना घरमा अवस्थित सदरमुकाम मान्म २०४० सालको अन्तरालपछि २०७९ सम्म आइपुग्दा त्यसको ३९ वर्षमा कालीकोट सदरमुकाम मान्म फेरिएको छ । २०६२/६३ सालमा सडक पुगेसँगै कालीकोट सदरमुकाम मान्म र यस आसपासका बस्तीहरु भौतिक संरचनाले बदलियका छन् ।

२६ वर्ष पहिला देखि जिल्ला प्रशासन कार्यालय कालीकोटमा कार्यरत हरिनाथ योगीले सडक पुगेपछि जिल्ला सरदुमकाम मान्मको मुहार फेरिएको बताउनुभयो । प्रशासन कार्यालय पनि कच्ची घरमा थियो । हामीले धेरै वर्ष कच्ची अर्थात माटोले बनेको घरमा बसेर कार्यलय चलाएका थियौँ । पानी परेको बेला चुहीने त्रास पनि त्यतीकै हुँने गरेको थियो । अव सरकारी कार्यालय सँगै मान्म बजारमा पनि पक्की संरचनाले खास सदरमुकाम देखिन थालेको योगीले भन्नुहुँन्छ । उहाँले अहिलेकाही बजार पारी ताडीको डाँडावाट पश्चिम तिरको सदरमुकाम मान्म बजारलाई हेर्दा निकै सुन्दर लाग्ने गरेको सुनाउनुभयो ।

पछिल्लो समय मान्म सडक सञ्जालसँग जोडिएसँगै पक्की घर बनेकाले सदरमुकामको दृश्य अलग देखिन्छ । २०६६÷०६७ सालमा एकछाले घरले गाउँको घना बस्ती जस्तै देखिने बजार आजभोली बास्तबिक शहर देखिन थालेको छ । प्रायः सबै घर पक्की बनेका छन भने सरकारी कार्यालय पनि आ–आफ्नै पक्की भवनमा सरेका छन । २०३२ सालमा नामाकरण भएको कालीकोट सदरमुकाम मान्म त्यसको ४७ बर्ष पछि अगाडीको मान्म सदरमुकामलाई जिल्ला बनाउन निकै सकस थियो ।

उ बेलाको समयमा कालीकोट जिल्ला नामकरण गर्न निकै सकस भइरहेको थियो । तत्कालीन जुम्ला जिल्लाका जल्दाबल्दा नेता अदानसिंह कठायत निकै शक्तीसाली थिए । जुम्ला र तिब्रिकोट गरी दुई जिल्ला थिए । कालीकोट जिल्ला नामकरण गर्ने मध्यका बिष्णुवहादुर शाहीले तिब्रिकोट जिल्लामा पाँच वटा गाउँ बिकास समिति मात्र भएको जुम्ला जिल्लाले तिब्रिकोट जिल्लालाई दबाउदै आएकाले जुम्ला जिल्ला फुटाउने मनसाय तिब्रिकोटका सभापति र जिल्लाका सांसदको पनि थियो । तिब्रिकोट जिल्ला जुम्लासँग गाभेपछि हालको कालीकोट र तत्कालीन तिब्रिकोट गाउँ बिकास समिति मिलेर अदानसिहं कठायतलाई जिल्लाको सांसदमा हराएपछि बल्ल कालीकोट जिल्लां बनाउन सफल भएको शाहीको भनाई छ ।

शाहीका अनुसार कालीकोटका (पछिका) माननिय धर्मदत्त उपाध्यायले धेरै प्रयास गर्नुभयो । हामी उहाँका पछि लागेर जाने गरेका थियौँ । मुख्यगरी धर्मदत्तको प्रयासले कालीकोट जिल्ला ल्याउन सफल भएको शाहीले सुनाउनुभयो । मुख्यपात्र धर्मदत्त उपाध्याय थिए । त्यसपछि जहिले पनि आफूले साथ दिए । अर्का नरजित बुुढा लगाएतका ब्यक्तिले पनि साथ दिएकाले कालीकोट जिल्ला बनाउन सकेको सुनाउनुभयो । जिल्लाको सांसद अदानसिंह कठायत, उहाँका भाई जिल्लाको सभापति हुँदा जिल्ला फटाउने प्रस्ताव नै सभामा लिन नदिने भएकाले सुरुमा सारै समस्या भएको जिल्लाका जन्मदाताहरुको अनुभव छ ।

सुरुमा मान्म गाविस ३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने विक्रम संम्वत् २०४० सालदेखि सोही गाविसको वडा नम्बर–५ स्थित खाँडाचक्र डाँडामा कायम गरिएको थियो भने हाल सदरमुकाम खाँडाचक्र नगरपालिका वडा नम्बर–१ मा पर्दछ । सुरुमा ३३ गाविस रहेको कालीकोट जिल्लाको उत्तर पश्चिमका साप्पाटा, जुकोट र वाई गाविसहरु विक्रम संम्वत् २०३८ सालमा बाजुरा जिल्लामा गाभिए पछि हाल यस जिल्लामा ३० वटा गाविसहरु रहेकाले हाल ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?