दक्षिण सुडानमा शरणार्थीलाई आश्रय दिन नयाँ शिविर

Read Time = 2 mins

जुबा । दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ । एकजना वरिष्ठ अधिकारीले सोमबारदिएको जानकारी अनुसार दक्षिण सुडानले ठूलो संख्यामा शरणार्थीलाई आश्रय दिइरहेको छ । ती आश्रय लिइरहेका शरणार्थीलाई बसोवास गर्न जग्गा छुट्याउने निर्णय गरिएको मानवीय मामिला तथा विपद् व्यवस्थापन मन्त्री अल्बिनो अकोल अटकले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

उहाँले सुडानसँगको सीमानजिक रहेको रिसेप्शन सेन्टरबाट शरणार्थीलाई नयाँ शरणार्थी शिविरमा स्थानान्तरण गर्न सरकारले मानवीय साझेदारसँग समन्वय गरिरहेको पनि जनाकारी दिनुभएको छ ।

मन्त्री अटकले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीलगायत निकायले शरणार्थीलाई आश्रय दिने, विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहयोग गर्ने र आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनले नयाँ शिविरमा यातायातको व्यवस्था गरिरहेको बताउनु भएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?