नक्कली भुटानी शरणार्थी प्रकरण : भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा प्रहरीले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ ।

रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

समाचार स्रोतका अनुसार बिहीबार अपरान्ह ५ बजे रिजाललाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा रिजालमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

रिजाल भुटानबाट विस्थापित भइ नेपालमा शरण लिइरहेका शरणार्थीहरु मध्येका उच्च तहका व्यक्ति हुन् । रिजालले शरणार्थी अधिकारका क्षेत्रमा काम गर्दै आएका छन् । तर उनी आफैं नै गिरोहसँगको आर्थिक लेनदेन गरेको तथ्य भेटेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रिजाल भुटानी शरणर्थीलाई भुटानमै पुनर्स्थापित गर्ने मुद्दा लिएर उनीहरूको अधिकारका लागि वकालत गर्दै आएका थिए । उनीसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेका संख्या १६ पुगेको छ । सोही प्रकरणमा आज मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?