वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्न मन्त्रालयको प्रस्ताव

Read Time = 4 mins

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्न प्रस्ताव गरेको छ ।

मन्त्रालयले निगमलाई वित्तीय हानि नोक्सानी पु-याएको आरोपसहित उहाँलाई निलम्बन गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको हो ।

ADVERTISEMENT

‘कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सच्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठलो वित्तीय हानी नोक्सानी पुर्याएको, सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सिधै टिकट विक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी अध्यक्ष आफैँ सलग्न भई व्यक्तिगत फाइदा लिएको देखिएको, निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको, सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको, निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको, निगमको व्यवस्थापनलाई चुस्त दुरूस्त बनाउन नसकेको, पद अनुसारको आचरण प्रदर्शन गर्न नसकेको, पदीय कर्तव्य पूरा गर्न नसकेको, कार्य क्षमताको अभाव देखिएको, कार्यकारी अध्यक्षको यस्ता कृयाकलापबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको, निजको नेतृत्वमा निगम सञ्चालन गर्दा निगममा थप हानि नोक्सानी हुने देखिएकोले उल्लिखित कारण र आधारहरूमा निगमको कार्यकारी अध्यक्षमा रहि रहन योग्य नदेखिएको, निजलाई निगममा राखि रहँदा निगमको ख्यातिमा आँच आउने र थप वित्तीय हानि नोक्सानी हुने, कर्मचारीको मनोवल गिर्न गई निगमलाई प्रतिकूल असर पर्ने देखिएको आधारमा निजलाई कार्यकारी अध्यक्ष पदबाट किन नहटाउने भनी सफाइको मौका पेस गर्न सूचित गर्ने निर्णयको नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गर्न विभागीय मन्त्रीबाट मिति २०७९।०२।२६ मा स्वीकृति प्राप्त भएकोले नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची–१ विषय सङ्ख्या ४१ वमोजिम यो प्रस्ताव पेस गरिएको छ’, गत २६ जेठमा मन्त्रालयका सचिव महेश्वर न्यौपानले पेस गरेको प्रस्तावमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?