यस्तो छ तपाईंको जेठ ५ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ ५ गते शुक्रबार ई.सं. १९ मे, २०२३ । तिथि- ज्येष्ठ कृष्णपक्ष औंशी, नक्षत्र- भरणी ७ः३५ बजेसम्म त्यसपछि कृतिका, योग- शोभन, करण- चतुष्पद, चन्द्रराशि- मेष, सूर्योदयः ५ः१५, सूर्यास्तः १८ः४७ ।

मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।

वृष : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

मिथुन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।

कर्कट : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।

सिंह : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

तुला : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।

वृश्चिक : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।

धनु : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

कुम्भ : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

मीन : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?