नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम महत्वपुर्ण : सांसद थापा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । प्रतिनिधि सभा सदस्य सुर्य थापाले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयकोछ । स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय तहको भुमिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा थापाले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको घरदैलो भित्र पुर्याउन सकेमात्र स्वास्थ्यको पहुँच बाहिर रहेका जनतालाई स्वास्थ्यको पहुँचमा जोड्न सकिने बताउनु भयो।

स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंको आयोजनामा शनिवार प्युठानमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै सांसद थापाले स्वास्थ्य बीमामा जनतालाई जोडेर लैजान स्थानीय सरकार बढी चनाखो हुनुपर्ने बताउनु भयो ।

जनतासंगको निकट्ता पालिका वडा कार्यालयनै हुन । थापाले भन्नुभयो भने, पालिका सरकारले पौरख गर्नु भयो भने स्वास्थ्य बिमामा स्थानीय जनतालाई बढिभन्दा बढी सहभागी गराउन सकिने स्पष्ट पर्नु भयो। स्वस्थ्य बीमालाई अनिवार्य गर्दै सरकारी अस्पतालहरुलाई पनि स्तरवृद्धि गर्नुपर्ने बताउनु भयो ।

अहिलेको अवस्थामा बिमाको कार्ड लिएर सरकारी अस्पतालमा जाने ब्यवस्था मिलाउने कार्यलाई स्थानीय सरकारले भुमिका खेल्नुपर्ने बताउनु भयो । । यो कार्यक्रमलाई सफल असफल बनाउने भन्ने स्थानीय सरकारको भुमिकामा भरपर्ने भएकोले स्थानीय सरकार लाग्नुपर्ने थापाको भनाइ छ ।

स्वास्थ्य बिमाले जिल्लाका स्थानीयलाई निकै मद्दत पुग्ने बताउँदै यसको सहजताको लागि स्थानीय सरकारले समन्वय गर्दै जानुपर्ने बताउनु भयो ।

त्यस्तै प्रदेश सभा सदस्य तुल्सिराम शर्माले कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्य आवश्यक पर्ने बताउनु भयो । । सबै नागरिक बिच पहुँच बिस्तारमा संघ, प्रदेश र स्थानीय तह मिलेर कार्यक्रम जनतामाझ लैजानुपर्ने शर्माको भनाइ छ ।

प्रदेश सभा सदस्य निमा गिरीले स्वास्थ्य बीमा कार्यक्रम जनमुखी बनाउन सचेतताको कार्यक्रम गाउँ गाउँमा लैजानुपर्ने बताउनु भयो । बिमाले जटिल प्रकारका रोगहरुलाई अस्पतालमा सजिलै उपचारमा सहयोगी हुने भएकोले स्वास्थ्य बिमा कार्यक्रमको अनिवार्यता र दायरा बढाउनुपर्ने उहाँको भनाइ रहेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सेवा प्रदायक स्वास्थ्य संस्थाको दायर अलि फराकिलो बनाउनुपर्नेमा सबैको जोड हुनुपर्ने बताउनु भयो । हरेक स्थानीय तहमा एक अस्पताल कार्यान्वयनमा आउनु जरुरी छ ।

उहाँले भन्नुभयो, स्वास्थ्य बीमा नितान्त गरिब र बिपन्नलाई सहयोग पुग्ने कार्यक्रम भएको स्थानीय तहले यो चनाखो भएर लाग्न आग्रह गर्नु भयो । हरेक नागरिक अनिवार्य स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनुपर्ने कानुनी ब्यवस्था भएपनि गाउँसम्म सचेतता नपुग्दा केही जटिलता भएको छ । उहाँले त्यसैको लागि चुस्त दुरुस्त ब्यवस्थापन गर्दै लैजाने बताउनु भयो ।

आधारभुत स्वास्थ्य निशुल्क हुने भनिएकोले थप प्रभावकारी बनाएर जनता माझ जानुपर्ने उहाले बताउनु भयो । आवश्यकता परेको ब्यक्तिले सेवा पाओस भनेर यो कार्यक्रमलाई सरकारले प्राथमिकता दिएर लिएको बताउनु भयो ।

त्यस्तै स्वास्थ्य बिमा बोर्डका सदस्य चन्द्र बहादुर थापाले वार्षिक कार्यक्रम अन्तर्गत प्युठान जिल्लामा पहिलोपटक यो कार्यक्रम गर्न लागिएको बताउनु भयो । स्वास्थ्य बिमाले सबै नेपाली लाई स्वास्थ्यको पहुँचमा जोड्ने र ब्यक्ति तथा परिवारको स्वास्थ्य र आर्थिक जोखिमलाई न्यूनीकरण गर्दै लैजाने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयको निमित्त प्रमुख मेसु प्रमिला खनालले अस्पतालमा भएको समग्र गतिविधिको बारेमा जानकारी गराउनु भयो । खनालका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि हाल सम्म १७ हजार ८ सय २६ जना बिरामीले स्वास्थ्य बीमा कार्ड प्रयोग गरेर उपचार सेवा लिएको बताउनु भयो । अस्पतालमा विशेषज्ञ सहितको चिकित्सक सेवा भएपनि अत्यधिक बिरामीको चाप बढ्दा बेड अभावमा बिरामीलाई उपचारमा समस्या रहेको खनालको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य ब्यवस्थापन समितीका अध्यक्ष,जिल्ला समन्वय प्रमुख, उपप्रमुख, नगरपालिका मेयर उपमेयर, गाउँपालिका अध्यक्ष उपाध्यक्ष जिल्ला प्रहरी प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनस्वास्थ्य प्रमुख, पालिकाका स्वास्थ्य शाखा प्रमुख स्थानीय जनता सरोकारवाला पत्रकार लगाएतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न ब्यक्तिहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई जनमैत्री बनाउन आ-आफ्नो सुझाव दिनु भयोको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक जनक साउदले स्वागत गर्नुभएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?