राष्ट्रियसभामा जेठ ७ देखि नीति तथा कार्यक्रममाथि छलफल हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ ।

बिहीबार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथी तीन दिनसम्म छलफल गर्ने निर्णय भईसकेको छ । जसअनुसार जेठ ७ गतेदेखि सरकारका नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।

राष्ट्रियसभा बैठकमा तीन दिन अर्थात जेठ ७–९ गतेसम्म छलफल गरे पछि प्रधानमन्त्री दाहालसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने पनि निर्णय कार्य ब्यवस्था समितिले गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार दुर्गा उपाध्यायले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?