आजको बिनिमय दरः अमेरिकन डलर स्थिर हुदाँ युरोको भाउ बढ्यो

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको मूल्य आइतबारको तुलनामा स्थिर रहेको छ भने युरोका भाउ १३ पैसा बढेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.१६ रुपैयाँ रहेको छ ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको थियो भाने युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४१ रूपैयाँ २९ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४९ पैसा र बिक्री दर १६६ रूपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।

जापानिज येन १० को खरिददर भने ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीमा ३५ रुपैयाँ २६ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?