दमक नगरपालिका प्रमुखका उम्मेदवार थापा बिरामी

Read Time = 1 min

झापा । राप्रपा, कांग्रेस र माओवादीसहितको गठबन्धनबाट दमक नगरपालिकाका प्रमुख उम्मेदवार राम थापा बिरामी पर्नुभएको छ । राप्रपा प्रदेश–१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना हुनुभएको हो । उहाँ बुधबार साँझ बिरामी परेर दमक आम्दा अस्पताल भर्ना हुनुभएको थियो ।

तर, अस्पतालमा भिडभाड भएपछि उहाँलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको संयुक्त गठबन्धनका नगर प्रचार संयोजक तथा माओवादी नेता शंकर बस्नेतले जानकारी दिनुभयो । धरानमा जाँचका क्रमम एपेन्डिसाइट भएको पुष्टि भएको बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचनलगत्तै एपेन्डिक्सको शल्याक्रिया हुने उहाँले बताउनु भयो । ‘अहिले इन्जेक्सनले काम गर्छ भन्ने डाक्टरको सल्लाह छ,’ उहाँले भन्नुभयो, ‘अब निर्वाचनलगत्तै अपरेसन हुन्छ ।’ निर्वाचनको प्रचारमा धपेडीका कारण थापा बिरामी पर्नुभएको थियो । उहाँलाई पेट दुखेपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?