काठमाडौं । बिवाइडीले ‘स्पोट द डल्फिन अन द रोड’ अभियान घोषणा गरेको छ । नेपालस्थित बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले उक्त अभियान घोषणा गरेको हो ।
अभियानअन्तर्गत सडकमा बिवाइडी डल्फिन भेट्टाएर भिडियो बनाउने र फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रूपमा पोस्ट गर्नेले एक लाख रुपैयाँ जित्ने मौका पाउनेछन् । डल्फिन कहाँ र कसरी भेट्ने जानकारीका लागि बिवाइडीको आधिकारिक पेज हेर्नुपर्नेछ ।
खिचिएको भिडियो फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक गरी बिवाइडी नेपालको आधिकारिक पेजमा ट्याग गर्नुपर्नेछ । भाग्यशाली तीन विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न चयन गरिने कम्पनीले जनाएको छ ।







विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल