झापा । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसमा झापाका दुईजना पत्रकार पुरस्कृत हुनु भएको छ । युनियन झापा शाखाद्वारा आइतबार बिर्तामोडमा आयोजित कार्यक्रममा उहाँहरुलाई पुरस्कृत गरिएको हो ।
पत्रकार लक्ष्मी लुइँटेललाई टंकप्रसाद - रमादेवी स्मृति पत्रकारिता पुरस्कार र सञ्जु शिवाकोटीलाई रमादेवी -टंकप्रसाद पाठक स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । दुबै पुरस्करको राशी समान ११ हजार रुपैयाँ छ ।
पत्रकारद्वय लुइँटेल र शिवाकोटीलाई नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो । ती दुबै पुरस्कर टंकप्रसाद- रमादेवीको स्मृतिमा उहाँहरुको सन्ततिले स्थापना गर्नुभएको हो ।
लामो समय पत्रकारिता गर्ने एक र अर्को उदीयमान पत्रकारलाई प्रेस युनियनको स्थापना दिवसमा ती पुरस्कर वितरण गरिने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच