वर्षाका कारण ‘ए’ डिभिजन लिगका खेल स्थगित, आज दुवै खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वर्षाका कारण शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतका शनिबार तय भएका दुवै खेल स्थगित भएका छन् । स्थगित खेलहरू आज (आइतबार) हुनेछन् । वर्षाका कारण रंगशालामा हिमालयन शेर्पा क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीचको तथा च्यासलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल रोकिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार रोकिएका दुई खेल रोकिएको समयबाटै आइतबार सुरु हुने जनाएको छ ।

शेर्पा र आर्मीबीचको खेलको ७२औँ मिनेट चलिरहँदा रेफ्री कविन व्यञ्जनकारले खेल रोक्नुभएको थियो । सो बेलासम्म दुवै टोलीको स्कोर एक-एक गोलको बराबरी थियो । खेलको ३६ सेकेण्डमा नै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई एक-शून्यको अग्रता दिलाउनुभएको थियो ।

जारी लिगमा यो सबैभन्दा छिटो गोल हो । यसअघि सातदोबाटोका दीपकराज सिंह ठकुरीले शेर्पाविरुद्ध नै ४६ सेकेण्डमा गोल गर्नुभएको थियो । खेलको ५५औँ मिनेटमा शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई एक-एकको स्थितिमा पुर्‍याउनुभएको थियो ।
यस्तै, च्यासल रंगशालामा संकटा क्लब र च्यासल युथ क्लबबीचको खेल ५१औँ मिनेटमा पुग्दा रोकिएको थियो । उक्त खेलमा जावलाखेल एक-शून्यले अघि छ । ३३औँ मिनेटमा फोडे फोफानाले जावलाखेलका लागि गोल गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?