रेड्मी बड्स ४ र रेड्मी बड्स ४ लाइट

Read Time = 2 mins

काठमाडौं । साओमी नेपालले नयाँ वायरलेस इयरबड्स- रेड्मी बड्स ४ र रेड्मी बड्स ४ लाइट ल्याएको छ । जोडदार र स्पष्ट साउण्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभसहित आउने रेड्मी इयरबड्स ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि पनि छ । डुअल ट्रान्सपरेन्सी मोडसँग आउने एयरबड्सले वरपरको वातावरणसँग पनि कनेक्ट राख्ने कम्पनीको दाबी छ । रेड्मी बड्स ४ को ब्याट्री लाइफ पनि त्यत्तिकै टिकाउ छ । जसले एकपटक चार्जमा छ घण्टासम्मको प्लेब्याक प्रदान गर्छ भने चार्जिङ केसले थप ३० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्छ ।

एआई नोइज क्यान्सिलेसनका साथै संगीत र कलका लागि टच कन्ट्रोल जडित रेड्मी बड्स ४ लाइटमा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ । रेड्मी बड्स ४ लाइटमा भिडियो हेर्दा वा गेम खेल्दा अडियो ल्याग कम गर्ने लो लेन्सी मोडका साथसाथै राम्रो र छिटो अनुभवका लागि ब्लुटुथ रहेको छ । रेड्मी बड्स ४ लाइटले सिंगल चार्जमा पाँच घण्टासम्मको प्लेब्याक प्रदान गर्नुका साथै चार्जिङ केसले थप २० घण्टाको ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीको दाबी छ । रेड्मी बड्स ४ को मूल्य छ हजार नौ सय ९९ र रेड्मी बड्स ४ लाइटको मूल्य तीन हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?