रिभरसङको इयरबड ‘एयरफ्लाई एल ३’

Read Time = 1 min

काठमाडौं । रिभरसङले नयाँ मोडलको इयरबड्स नेपाली बजारमा ल्याएको छ । मोबाइल एक्सेसोरिज तथा वेयरेबल बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीका रूपमा स्थापित केमियो इन्टरनेसनल प्रालिले आफ्नो रिभरसङको नयाँ एयरफ्लाई एल ३ नामक इयरबड ल्याएको हो ।

इन्भाइरोमेन्ट र न्वाइज क्यान्सिलेसनको फिचर रहेको एयरफ्लाई एल ३ ले प्रत्येक साउण्डमा उत्साहित बनाउने कम्पनीको दाबी छ । यसमा एचडी स्टेरियो साउण्ड र लसलेस अडियोको सुविधा रहेको छ भने भ्वाइस असिस्टेन्ट र सिरी पनि राखिएको छ ।

एयरफ्लाई एल ३ मा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा दुई सय एमएएच ब्याट्री क्षमता रहेको छ भने पाँच घण्टासम्म निरन्तर प्लेब्याक गर्न सकिनेछ । टाइप–सी चार्जिङ इन्टरफेस भएको इयरबड क्यालिफोर्निया संयुक्त राज्य अमेरिकामा डिजाइन गरिएको हो । जसमा एक वर्षको वारेन्टी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?