![देवता र असुर दुवैका प्रिय शिव](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/lord-shiva.jpg)
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।
सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।
यसरी शुरु भएको मानिन्छ सोमबारको व्रत
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहररू चलिआएका छन। यी कथाहररू मध्ये तीन कथाहररू बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ।
दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।
कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहररूले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारीरिक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैँले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ।
![हनुमानको तस्विर कुन दिशामा राख्ने ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/hanuman.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच