चीनले सैन्य अभ्यासलाई जारी राख्ने

Read Time = 3 mins

बेजिङ । चीनले सैन्य अभ्यासलाई जारी राख्नेभएको छ । चिनियाँ जनमुक्ति सेनाको इस्टर्न थिएटर कमाण्डले ताइवान टापु नजिक सैन्य अभ्यास जारी राख्ने सोमबार बताएको हो । आइतबारसम्म चलेको अभ्यासलाई निरन्तरता दिने घोषणा चिनियाँ सेनाले गरेको हो ।
नयाँ अभ्यासमा पनडुब्बी निरोधी र आकाशबाट जहाजमा गरिने प्रहारलाई जोड दिने बताइएको छ । चिनियाँ सेनाले अगस्ट ४ देखि ७ सम्म ताइवान नजिकका ६ वटा क्षेत्रमा वायुसेना र जलसेनाको संयुक्त अभ्यास गरेको थियो ।

यसैबीच चीनले आफ्नो सैन्य अभ्यासको क्रममा ताइवानलाई चारैतिरबाट घेरेको छ । क्षेप्यास्त्र, युद्धपोत, लडाकु विमानपछि अब उसले युद्ध आभ्यासमा ड्रोन पनि उतारेको छ । यी ड्रोनहरू जापान नजिकैबाट उडेर ताइवानतर्फ आएका छन् ।

ताइवानको रक्षामन्त्रालयले चीनको नौसेना र वायुसेनाले खाडीमा निरन्तर युद्ध अभ्यास गरिरहेको बताएको छ । तिनीहरूका युद्धपोत र लडाकु विमानले खाडीको मध्य रेखापार गरेर ताइवानलाई उक्साउने प्रयास गरिरहेका छन् । चीनले पछिल्ला केही दिनदेखि ताइवानतर्फ लगातार छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यी मिसाइल आणविक हतियार बोक्न सक्षम छन् । क्षेप्यास्त्रहरू ताइवानको उत्तर-पश्चिम र दक्षिण-पश्चिमी क्षेत्रहरूमा प्रहार गरिएको थियो ।

यता, ताइवानको सीमा क्षेत्रमा अमेरिकाले सैन्य अभ्यास जारी राखेपछि अमेरिकाले चीनमाथि भड्काउतथा गैरजिम्मेवार कार्य गरेको आरोप लगाएको छ । हृवाइट हाउसले ताइवानको अवस्थिति बदल्ने नियोजित षड्यन्त्र चीनले गरिरहेको आरोप लगाएको हो । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले ताइवानको भ्रमण गरेपछि चीन भड्किएको छ ।

चीनले ताइवानको सीमा क्षेत्रमा गरेको सैन्य कारण सामुद्रिक र हवाई मार्गसमेत प्रभावित भएका छन् । ताइवानको रक्षामन्त्रालयले चिनियाँ लडाकु जहाज तथा विमानले ताइवानको सामुद्रिक क्षेत्रमा धावा बोलेको र कतिपय ठाउँमा सीमा मिच्ने प्रयास भएको बताएको छ । दुई देशले स्वीकार गर्दै आएको बफर जोनमा चिनियाँ सैन्य जहाज तैनाथ भएको ताइवानको आरोप छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?