मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ, धेरै उत्ताउलिएर मर्यादा भुल्नु हुँदैन : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा आफ्नो मर्यादा भुल्न नहुने बताउनु भएको छ ।

एमालेको भातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

संसद भवनामा सांसदहरूको पोशाकसम्बन्धी विषयमा अहिले चलिरहेको बहसका विषयमा उहाँले टिप्पणी गर्नुभएको छ । उहाँले स्वतन्त्रताका नाममा उत्ताउलिनु नहुने बताउनु भयो । 'मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ, धेरै उत्ताउलिएर मर्यादा भुल्नु हुँदैन' उहाँले भन्नुभयाे ।

उहाँले थप्नुभयाे भन्नुभयो, 'स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन । स्वीमिङ पुलमा लगाउँदा हुने, पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन । बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ रु स्वतन्त्रताका नाममा यस्ता कुरा गर्नुहुन्न । धेरै उत्ताउलिएर किन यसो किन उसो भनेर नभनौँ । फर्किएर गुफातिर नपुगौँ ।'

अध्यक्ष ओलीले कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हुने समेत उल्लेख गर्नुभयो । संस्कृति र सभ्यतामाथि विभिन्न ढंगले आक्रमण भइरहेको बताउँदै उहाँले चिन्ता व्यक्त गर्नुभयाे ।

उहाँले राष्ट्रिय परिचयपत्रमा कसैको नक्कल गर्नुपर्ने कुनै आवश्यकता नभएको बताउनु भयो । राष्ट्रिय परिचयपत्रका लागि फोटो लिँदा  सिन्दूर पुछ्नु, पोते निकाल्नु गलत भएको उहाँको भनाइ थियो ।

परिचयपत्र होस् या नागरिकता होस् । जे सुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनु पर्ने बताउँदै उहाँले नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?