८ औं दिनमा तोडियो सांसद गौतमको आमरण अनशन, पुल मर्मतका लागि नयाँ टेण्डर खोलिने, अन्य माग उधारोमा

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको आश्वासन पाएपछि विगत ८ दिनदेखि आमरण अनशन बस्नु भएको प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले अनशन तोडनु भएको छ ।

जब्दिघाटको पुल मर्मत लगायत १५ बुँदे माग राख्दै आमरण अनशन बस्नु भएका प्रतिनिधि सभा सदस्य गौतमले सरकारका तर्फबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीच उल्लेखित बुँदाका मागका विषयमा तत्काल प्रकृया अगाडि बढाउने सहमति जनाएपछि मन्त्रीले जुस खुवाउँदै उहाँकाे अनशन तोडिएको छ ।

जब्दिघाटको पुल मर्मतका लागी केहि दिन भित्रै टेन्डर आव्हान गर्ने, नदीको बीच भागमा रहेको भत्किएको पुल तत्काल हटाउने , सुर्खेत तेलपानी सडक खण्ड निर्माणको लागि आवश्यक पहल गर्ने लगायतका विषयमा सहमति भएपछि अनशन तोडिएको हो ।

अनशनमा बस्नु भएका गौतमले आफुले बर्दियाबाट प्रतिनिधि सभामा सहभागीता भएपनि आफुले उठाएका विषय सम्बोधन नभएको हुँदा बाध्य भएर आमरण अनशन बस्नु परेको बताउँदै सरकारका तर्फबाट मन्त्रीले आश्वासन दिएपछि आमरण अनशन फिर्ता लिएको बताउनु भयो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उल्लेखित मागका विषयमा सरकार गम्भिर भएको बताउँदै तत्काल गर्न सकिने काम गरिने बाँकी कानुन प्रकृयाबाट अगाडि बढाउने बताउनु भयो । साथै उहाँले जब्दीघा६काे पुलले विकासलाई गिज्याइरहेको बताउनु भयाे । उहाँले भत्किएको अवशेषहरु तत्काल हटाइने बताउँदै पुल निर्माणको विषयमा अदालतमा मुद्धा विचारधीन अवस्थामा रहेको र नयाँ मर्मतका लागि कानुन प्रकृया अगाडि बढाइने समेत बताउनु भयो ।

बर्दिया क्षेत्र न १ बाट प्रतिनिधि सभामा निर्वाचित सञ्जयकुमार गौतमले समग्र बर्दियाको विकासका लागि भन्दै बैशाख ३० गते बाट भत्किएको जब्दिघाटको पुल मुनि आमरण अनशन बस्नु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?