चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२५, शुक्रनगर स्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न विद्युतको कर्मचारीलाई सहयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समितिका कामदार बाँकेको जानकी गाउँपालिका–२ का २० वर्षीय देसराज कोरी रहेका छन् ।

करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?