लण्डन । स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिडाडसँग दुई-एक गोलअन्तरले पराजय भोगेको छ । पराजित भए पनि यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनालाई खेलपछि ट्रफी हस्तान्तरण गरिएको थियो । रियल सोसिडाडको जितमा मिकेल मेरिनो र एलेक्सान्डर सोर्लोथले गोल गर्नुभयो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काउनुभयो ।
खेलको पाँचौँ मिनेटमा मिकेल मोरिनोको गोलबाट सोडिसाडले अग्रता लियो । ७१औँ मिनेटमा सोर्लाेथले अग्रता दोब्बर पार्नुभयो । त्यसपछि इन्जुरी समयमा लेवान्डोस्कीले फेरान टोरेसको पासमा एक गोल फर्काए पनि त्यसले खेलको नतिजामा कुनै फरक पारेन ।
खेल सकिएलगत्तै यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनालाई ट्रफी प्रदान गरिएको थियो । यस हारसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको ३५ खेलबाट ८५ अंक छ । बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ ।
बार्सिलोनालाई हराएको रियल सोसिडाडले शीर्ष चारमा रहँदै अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बनाएको छ । सोसिडाड ३५ खेलबाट ६५ अंक जोडेर चौथो स्थानमा छ ।
यता, इटालियन सिरी एमा फरवार्ड ओलिभर जिरुडको हृयाट्रिक सहयोगमा एसी मिलानले साम्पडोरियामाथि ५-१ को सानदार जित दर्ता ग¥यो । मिलानको जितमा जिरुडले हृयाट्रिक पूरा गर्दा राफयल लियो र ब्राहिम डियाजले समान एक-एक गोल गर्नुभयोे । साम्पडोरियाका फावियो क्वाग्लिएलेराले एक गोल फर्काउनुभयो ।
यस जितसँगै मिलान ३६ खेलबाट ६४ अंक जोडेर पाँचौँ स्थानमा छ । पराजित साम्पडोरिया ३६ खेलबाट १८ अंक जोडेर पुछारमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच