दीपकको करोड भ्युजका ६ गीतको संग्रह सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । संगीतकार दीपक शर्माले करोडभन्दा माथि भ्युज भएका आफ्ना ६ चलचित्रका गीतको संग्रह ल्याउनुभएको छ । आइतबार काठमाडौंमा एक समारोहबीच वरिष्ठ गीतकारहरू राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले यो गीतिसंग्रहको विमोचन गर्नुभएको हो ।

संग्रहमा चलचित्र ‘छक्का पञ्जा’को शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको ‘देखन चम्पा’, चलचित्र ‘छक्का पञ्जा ३’को राजेन्द्र थापाको शब्द, डेभिड शंकर र बिन्दु परियारको स्वरको ‘पहिलो नम्बरमा’, ‘छक्का पञ्जा ४’को राजेन्द्र थापाको शब्द, डेभिड शंकर र सहिमा श्रेष्ठको स्वरको ‘दर्शन सलाम’, चलचित्र ‘मंगलम’को दीपककै शब्द, बिन्दु परियार र कृष्ण काफ्लेको स्वरको ‘पर्ख पर्ख मायाँलु’, चलचित्र ‘हवल्दार सुन्तली’को लेखु सहयात्रीको शब्द र सहिमा श्रेष्ठको स्वरको ‘चि मुसी ची’ गीतहरू रहेका छन् ।

‘मैले चलचित्र ‘तेजाव’बाट चलचित्र संगीत सुरु गरेको हुँ । दर्शक श्रोताको मायाले यहाँसम्म आइपुग्दा छवटा गीतले एक करोडदेखि तीन करोडभन्दा बढी भ्युज पाएका छन् । यिनै करोड क्लबमा पुगेका गीतहरूको संग्रहलाई सार्वजनिक गरेका हुँ’, कार्यक्रममा बोल्दै संगीतकार शर्माले भन्नुभयो । आफ्ना अन्य चलचित्रका आधा दर्जन गीतहरू अहिले करोड भ्युजको नजिक पुगेको र ती गीतहरू केही महिनामै करोडभन्दा बढी भ्युज पुग्ने उहाँको भनाइ थियो । अतिथिहरूले शर्मालाई यो सफलताका लागि बधाई तथा शुभकामना दिनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?