सुनचाँदी व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्यको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले निर्वाधरूपमा पेशा व्यवसाय गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या आएमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष शाक्यले मागअनुसार कच्चा सुनको आपूर्ति नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै व्यवसाय सञ्चालनका लागि आवश्यक नीति नियम निर्माण गरी बजार मागअनुसार सुन आपूर्ति व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो ।

महासंघका अनुसार सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार सुनार, विशिष्ट सदस्य माणिकरत्न शाक्य, उपाध्यक्षहरू मोहनकाजी शाक्य, विपिन रामुदामु र महेन्द्र शाक्यको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?