पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज अदालतबाट अनुमति लिइने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइन लागिएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्षअगाडिदेखि प्रक्रिया सुरु गरेको थियो ।

यसैबीच, करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित पक्राउ परेका १६ र बाँकी फरार आरोपितलाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ । प्रकरणमा जोडिएका १६ जना प्रहरी हिरासतमा छन् भने बाँकी फरार छन् । चैत १२ गतेबाट प्रहरीले थालेको अनुसन्धान सोमबार पूरा गरी प्रतिवेदन बुझाएको हो ।

प्रकरणमा गत १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ पर्नुभएको थियो ।

उहाँहरूको बयानका आधारमा पछि नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसभासद् तथा कांग्रेस नेता आङ्टावा शेर्पा, तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, मोरङका सागर राई, पूर्वगृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ पर्नुभएको थियो ।

त्यस्तै, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ पर्नुभएको थियो । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ । अन्य १७ जना भने अझै फरारकै सूचीमा छन् ।

यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यो प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?