काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गर्नुभएकाे छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने बताउनुभयाे ।
सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हुने भएकाले यसलाई रोक्नुपर्ने भन्दै उहाँले सांसद विकास कोषको विपक्षमा रास्वपा रहेको जानकारी दिनुभयाे । सांसद विकास कोष ब्युँताउन नहुने भन्दै उहाँले रुलिङको मागसमेत गर्नुभयाे ।
साथै १ जेठमा नक्कली भुटानी प्रकरणसहितको विषयलाई लिएर आफूले दर्ता गरेको संकल्प प्रस्ताव टेबुल नहुनुको कारण पनि सभामुख देवराज घिमिरेसँग उहाँले जवाफ माग्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच