Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

आईसीएफसी फाइनान्सको सिईओमा पुनः पन्त नियुक्त, नयाँ कार्यकाल असोज २५ बाट

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा पुनः सुनिल पन्त नियुक्त हुनुभएको छ । पन्त दोस्रो कार्यकालका प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनुभएको हो ।

भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गतेदेखि लागू हुने गरी चार बर्षको लागि पन्तको दोस्रो कार्यकाल थप गरेको हो ।

विगत २७ बर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय पन्त कुशल नेतृत्वकर्ता, सफल बैंकरका रुपमा परिचित हुनुहुन्छ । पन्तले फाइनान्सको स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर कार्यसम्पादन गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?