पाल्पामा लडेर दुई वृद्धको मृत्युु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाका छुट्टाछुट्टै स्थानमा लडेर दुुई वृद्धको मृत्युु भएको छ । जिल्लाको रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिकाका विभिन्न स्थानमा लडेर घाइते भएका दुई वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

रामपुर नगरपालिका– ५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्युु भएको छ । रामपुर –५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी छिमेकीकोबाट घर फर्कने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।

तीन तले कच्ची घरको दोस्रो तलाबाट अचानक लडेर घाइते हुनुभएका डोटेलको उपचारका क्रममा रामपुर अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै जिल्लाको पूर्वखोला गाउँपालिका –५ विरकोट ढापमा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्युु भएको छ । ढापका ७४ वर्षीय हरीराम पुनः जेठ २ गते घर नजिकैको बारीमा रहेको दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते हुनुभएको थियो ।

घाइते हुनुभएको उहाँको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मंगलबार राती मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?